सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा जब ट्रक नियन्त्रण गुमाएर सडक बाहिर गयो...

फोटो : सुमित श्रेष्ठ
फोटो : सुमित श्रेष्ठ
२०७७ माघ २४, ०३:२४ खबर संवाददाता

धनगढीः कैलालीमा ठुलो दुर्घटनाबाट जोगिएको ट्रकका कारण राजमार्ग अवरुद्ध भएको छ। 

भीमदत्त राजमार्ग अन्तरगत जिल्लाको चुरे गाउँपालिकाको निङ्लाडीस्थित राजमार्गमा बिहीबार राति नियन्त्रण गुमाएर सडकबाट बाहिर गएको ना७ख १८८४ नम्बरको ट्रकका कारण राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ। 

अस्थायी ट्राफिक प्रहरी पोष्ट खानीडाँडाका प्रहरी हवलदार मोहनदेव भट्टले बिहीबार राति दुर्घटनाबाट जोगिएको ट्रकलाई मेसिन प्रयोग गरि निकाल्ने र सामान अर्को ट्रकमा सार्ने काम भइरहेकाले राजमार्ग अवरुद्ध भएको बताए।

उनले एम्बुलेन्स, स्कारपियो, मोटरसाइकल लगायतका सवारीसाधन चलिरहेका पनि ठुला गाडी राजमार्गमै रोकिएको बताउँदै केहीबेरपछि सडक खुल्ने बताए। 

बिहीबार राति ११ बजेको समयमा धनगढीबाट सिमेन्ट बोकेर बाजुरातर्फ गइरहेको ट्रक विपरीत दिशाबाट आइरहेको गाडीलाई जोगाउन खोज्दा नियन्त्रण गुमाएर बाहिर गएको थियो। 

ट्रकका अगाडिका दुई चक्का रोड बाहिर परेका छन्।  

कमेन्ट लोड गर्नुस