सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा माटोको ढिस्कोमा पुरिएर ३ जनाको मृत्यु, २ घाइते

फाइल फोटो
फाइल फोटो
२०७७ माघ २४, ०१:५२ खबर संवाददाता

धनगढी: कैलालीमा माटोको ढिस्कोले पुरिएर ३ जनाको मृत्यु भएको छ।

शनिबार बिहान जिल्लाको जानकी गाउँपालिकामा माटोको ढिस्कोले पुरिएर वडा नम्बर ९ को पूर्वखैरीफाँटाका ३ महिलाको मृत्यु भएको हो। 

घर पोत्नका लागि माटो लिन गएका ३१ वर्षीय गंगा जयगडी, २० वर्षीय भावना वड र १७ वर्षीय धनसरी विकको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले बताए।

 ढिस्कोले पुरिएर काजल विक र अन्जु जयगडी घाइते भएको उनले बताए। 

घाइते दुवैजनाको टीकापुर अस्पतालमा उपचार भइरहेको छ।
 

कमेन्ट लोड गर्नुस