धनगढीको दृष्टि फाउन्डेसनलाई सहयोग
२०७७ माघ २४, १०:४२
धनगढी: धनगढीमा रहेको दृष्टि फाउन्डेसनलाई सहयोग प्राप्त भएको छ। कैलाली सुनचाँदी व्यवसायी संघले फाउन्डेसनलाई २५ जोर न्यानो कपडा र खाजा सहयोग गरेको हो।
संघका अध्यक्ष कमलप्रसाद लामिछाने र कोषाध्यक्ष बिन्दु गहतराज लगायतका पदाधिकारीको टोलीले फाउन्डेसनमा पुगेर सहयोग हस्तान्तरण गरेको थियो।
कमेन्ट लोड गर्नुस