धनगढीको श्रीलंका बस्तीमा खाद्यान्न र कपडा वितरण
धनगढीः धनगढीको श्रीलंका बस्तीमा खाद्यान्न र लत्ताकपडा वितरण गरिएको छ।
नेपाल प्रहरी श्रीमती संघ, भृकुटी मण्डपले एक सय ५० परिवारलाई खाद्य सामग्री तथा लत्ताकपडा सहयोग गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर १३ को श्रीलंका मुक्तकमैया बस्तीमा खाद्य सामग्री तथा लत्ताकपडा सहयोग गरिएको हो।
नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष सिर्जना थापाको अध्यक्षता भएको सहयोग हस्तान्तरण कार्यक्रममा धनगढी उपमहानगरपालिकाकी उपमेयर सुशिला मिश्र (भट्ट), सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदी, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपम समशेर जबरालगायतको सहभागिता रहेको थियो।