कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते
धनगढी: कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन्।
पूर्वपश्चिम राजमार्ग अन्तरगत पहलमानपुरमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको से७प ६६७० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा गौरीगंगा नगरपालिका–७ माहादेवाका २० वर्षीय शेरबहादुर चौधरी घाइते भएका हुन।
घाइते चौधरीको पहलमानपुर क्लिनिक प्रालिमा उपचार भइरहेको छ।
चौधरीको हात र चिउडोमा चोट लागेको छ भने मोटरसाइकलमा समेत क्षति भएको छ।
तिव्र गतिका कारण मोटरसाइल दुर्घटना भएको बताइएको छ।