सुदूर नेपाललाई विश्वसँग जोड्दै

नवजीवन सहकारीको मतगणना जारी, कस्को छ अग्रता ? 

२०७४ चैत्र ११, ०४:३३

नेपालकै अग्रणी सहकारी, नवजीवन सहकारी संस्थाको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचन अन्तरगत मतगणना जारी छ । पछिल्लो मत परिणाम अनुसार चक्रबहादुर सिंह नेतृत्वको प्यानलले अधिकाशं पदमा अग्रता कायम गरेको छ । 

अध्यक्षमा चक्र वहादुर सिह २ हजार ३ सय ५७ मत सहित अगाडी छन् । यस्तै अध्यक्ष पदका अर्का उम्मेदवार रतन वहादुर कठायतले १ हजार ८ सय ८८ र ईश्वर जोशीले ३ सय ६५ मत पाएका छन् । यस्तै उपाध्यक्षमा गोविन्द जोशीले २ हजार ७ सय २६ र देववहादुर मल्लले १ हजार ७ सय  ५५ मत पाएका छन् । 

जिल्ला प्रतिनिधिमा गौरी लामाले २ हजार २ सय ६८ र चेतमान साउँदले १ हजार ८ सय ९ लेखा समिति संयोजकमा चेतराज जोशीले २ हजार १ सय २४, जयराज जोशीले १ हजार ९ सय ५१ लेखा समिति सदस्यमा ईश्वर वहादुर सिहले १ हजार ७ सय ८८, गिरीराज कडायतले १ हजार ७ सय ४७, गोपीलाल चौधरीले, २ हजार ३८ र लक्ष्मीराज पन्तले १ हजार ८ सय १८ मत पाएका छन् । 
सदस्यहरूमा केशवराज मिश्रले १ हजार १ सय ६८, कृष्ण चौधरीले १ हजार २ सय ३, खेमराज पाण्डेयले १ हजार ५ सय ४६, गोपालराज पाठकले १ हजार १ सय ६४, घनवहादुर शाहले १ हजार २ सय ७, चेतराज ओझाले १ हजार २ सय ४४, जनकराज जोशीले १ हजार २ सय १०, जनकराज पाण्डेयले ८ सय ९२, जयराज जोशीले १ हजार २, देव वहादुर बलमे १ हजार १ सय ८८, देवराज पाण्डेयले ८ सय ६४, नारायण लम्सालले ८ सय १६,  पदमराज भट्टले ९ सय १९, विश्वनाथ ओझाले ७ सय ५८, महेश बिष्टले ८ सय २५ मत पाएका छन् । 

यस्तै सदस्यकै उम्मेदवार मित्रलाल पोखरेलले ८१० यादवप्रसाद जोशीले ९ सय ९०, राजसमझ चौधरीले ९ सय ४, शिवकुमार जोशी फुलाराले ९ सय ४५, हरि रेग्मीले ९ सय ४१, टिएन जोशीले १ हजार १ सय ६० र ईन्दीरा जैशीले १ हजार ५ सय १६ मत पाएका छन् । 

मतदानमा ८ हजार ८ सय २९ जना शेयरधनीले मतदान गरेको निर्वाचन समितिले जनाएको छ । झण्डै आधाको हाराहारीमा मत गणना गरिएको निर्वाचन समितीले जनाएको छ । 
 

कमेन्ट लोड गर्नुस