भूमि सम्बन्धी समस्या समाधान आयोगद्वारा सुदूरपश्चिमा पदाधिकारी मनोनित
धनगढीः भूमि सम्बन्धी समस्या समाधान आयोगले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट पदाधिकारी मनोनित गरेको छ।
आयोगले कैलाली जिल्लाबाट दीपक देवकोटा, दुजराम चौधरी र बलबहादुर महतालाई सदस्यमा मनोनित गरेको छ।
यस्तै बाजुराबाट रामलाल कार्की, कञ्चनपुरबाट कमला कुमारी बोहरा, डडेल्धुराबाट पदमराज जोशी, अछामबाट कटकबहादुर साँउद, दार्चुलाबाट रामदत्त जोशी, डोटीबाट गणेशबहादुर बिष्ट, बझाङबाट कलकबहादुर खड्का र बैतडीबाट नरेशकुमार विश्वकर्मालाई मनोनित गरिएको आयोगका केन्द्रीय सदस्य अगस्त अधिकारीले बताए।