सुदूर नेपाललाई विश्वसँग जोड्दै

चेन्नईमा नेपाली महिला सम्पर्कविहीन, खोजीमा सहयोग गर्न परिवारको आग्रह

२०८३ असार ४, ०१:०५ खबर संवाददाता

धनगढी: भारतको चेन्नईस्थित सौकारपेट क्षेत्रमा बस्दै आएकी एक नेपाली महिला सम्पर्कविहीन भएपछि परिवारले खोजीका लागि सहयोगको अपिल गरेको छ।

बैतडी जिल्लाको सिगास गाउँपालिका–४ माइतीघर भई हाल डडेल्धुरा जिल्लाको नवदुर्गा गाउँपालिका–४ बेलापुर घर भएकी लक्ष्मी बिक केही दिनअघि मात्रै श्रीमान्सँगै भारतको चेन्नई पुगेकी थिइन्। परिवारका अनुसार उनी चेन्नई पुगेको करिब १०–१५ दिन मात्रै भएको थियो।

आज बिहान करिब ८ बजे पसल जाने क्रममा उनी एकाएक हराएकी र त्यसयता परिवार तथा आफन्तजनको सम्पर्कमा नआएको जनाइएको छ। उनको खोजी कार्य जारी रहे पनि हालसम्म कुनै जानकारी प्राप्त नभएको परिवारले जनाएको छ।

परिवारले चेन्नई तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई लक्ष्मी बिकको खोजीमा सहयोग गरिदिन आग्रह गरेको छ। उनलाई कतै देखेमा वा कुनै जानकारी भएमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न वा 9108021405 नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

परिवारले खोजी कार्यलाई प्रभावकारी बनाउन यो सूचना बढीभन्दा बढी सेयर गरिदिन समेत सबैमा अपिल गरेको छ।

कमेन्ट लोड गर्नुस