युथ अपर्चुनिटिको कन्ट्री एड्भाइजरमा धनगढीका उप्रेती चयन
२०७७ माघ १९, ०१:०५
धनगढी: युथ अपर्चुनिटिको कन्ट्री एड्भाइजरमा कैलालीका तेजराज उप्रेती चयन भएका छन्।
विश्वका एक सय २० देशका प्रतिनिधि र सात जना क्षेत्रीय संयोजकमध्ये कन्ट्री एड्भाइजरमा ३ जना चयन भएका थिए। जसमध्ये धनगढीका तेज पनि रहेका छन्।
विगत ३ वर्षदेखि युथ अपर्चुनिटिमा काम गर्दै आएका तेजले उक्त संस्थामा सन् २०१८÷०१९ मा कन्ट्री एम्बेसडर, २०२० मा क्षेत्रीय संयोजकका रुपमा पनि काम गरिसकेका छन्।
कमेन्ट लोड गर्नुस