सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा भन्सार छलीका सामान बरामद

२०८३ असार ४, ०७:३३ खबर संवाददाता

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–१४ स्याउले बजार नजिकबाट प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ।

बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएका अन्दाजी ५५ हजार ४५० रुपैयाँ बराबरका विभिन्न सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो। बरामद गरिएका सामानमा चिनी, सुर्ती, दूध पाउडर, प्लास्टिक झिल्ली लगायतका सामग्री रहेका छन्। आवश्यक प्रक्रिया पूरा गरी सामान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस