छोराछोरीको जन्मदिनको अवसरमा मानव सेवा आश्रमलाई सहयोग
२०७७ माघ १९, १०:१३
धनगढी: आफ्ना छोराछोरीको जन्मदिनको अवसरमा सुदूरपश्चिमाञ्चल एकेडेमीका उप–प्राध्यापक इन्द्रमणी अवस्थीले मानव सेवा आश्रमलाई सहयोग गरेका छन्।
उनले आफ्नो छोरा सुदर्शन र छोरी सुप्रियाको जन्मदिनको अवसरमा आश्रमलाई सहयोग गरेका हुन।
उप–प्राध्यापक अवस्थीले बिहानको खाजा र ३ कट्ठा चामल गरी ६ हजार ९ सय बराबरको सहयोग गरेको आश्रमका अभिभावक सिद्धराज पनेरुले बताए।
कमेन्ट लोड गर्नुस