सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, २ घाइते

फाइल फोटो
फाइल फोटो
२०७७ माघ १८, ०४:१७ खबर संवाददाता

धनगढी: धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

उप–महानगरपालिकाको वडा नम्बर ६ स्थित मटियारीमा सुपप्र ०१००९प ९१७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा धनगढी–६ का १८ वर्षीय रोहित रानाको मृत्यु भएको हो। 

३ जना सवार रहेको मोटरसाइकल आफै दुर्घटना हुँदा रानासहित अन्य २ जना पनि घाइते भएका थिए। घाइते रानाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

दुर्घटनामा परी घाइते भएका धनगढीकै १९ वर्षीय कृष्ण राना र मोटरसाइकल चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ का १९ वर्षीय मिलेन्द्र सिंह रानाको उपचार भइरहेको कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए। 

कमेन्ट लोड गर्नुस