सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा अमरगढीका नगरप्रमुख ओझाले लगाए कोरोनाविरुद्धको पहिलो खोप

२०७७ माघ १४, ०१:५९ खबर संवाददाता

डडेल्धुरा: डडेल्धुरामा पनि कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ।

बुधबार अमरगढी नगरपालिकाका नगरप्रमुख विश्वेश्वरप्रसाद ओझालाई खोप लगाएर अभियान सुरु भएको हो।

कोरोनाविरुद्धको सुरक्षित खोप लगाउनका लागि डराउनु पर्दैन भन्ने सन्देश दिनका लागि आफूले डडेल्धुरामा सुरुमै खोप लगाएको नगरप्रमुख ओझाले बताए। 

पहिलो चरणमा एक हजार एक सय ३५ जनालाई खोप लगाइने स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठले जानकारी दिए। उनका अनुसार डडेल्धुरा अस्पताल डडेल्धुरालाई खोप केन्द्र तोकिएको छ।

बुधबारदेखि १८ गतेसम्म लगाइने पहिलो चरणको खोपमा अग्रपंक्तिमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लगाइने भएको छ।

कमेन्ट लोड गर्नुस