जन्मदिनको अवसरमा मानव सेवा आश्रमलाई सहयोग
२०७७ माघ ५, ०१:२५
धनगढी: जन्मदिनको अवसरमा धनगढीको मानव सेवा आश्रमलाई सहयोग गरिएको छ।
उपमहानगरपालिकाको वडा नम्बर ४ निवासी एकिन्द्र खड्का र उनकी पत्नि संजिता कुँवर खड्काले छोरीको जन्मदिनको अवसरमा आश्रमलाई सहयोग गरेका हुन।
छोरी रिशिकाको पहिलो जन्मदिनको अवसरमा खड्का दम्पतीले आश्रमका असाहयहरुको खानाका लागि ५ हजार १ सय १५ रुपैँया सहयोग गरेको आश्रमले जनाएको छ।
कमेन्ट लोड गर्नुस