सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा हराएको झण्डै ५ तोला सुन फिर्ता गर्ने मनकारी महिला

२०७७ माघ ५, ०१:१२ खबर संवाददाता

धनगढी: धनगढीमा हराएकाे झण्डै ५ तोला सुन एक महिलाले भेटाएर फिर्ता गरेकी छिन्।

 उप–महानगरपालिका वडा नम्बर १ की शान्ति चौधरीले भेटाएको पौने ५ तोला सुन फिर्ता गरेकी हुन। उनले  सोही वडाका प्रदिप नेपालीको हराएको सुन चौधरीले भेटाएपछि फिर्ता गरेकी हुन।

धनगढीबाट अत्तरिया जाने क्रममा हराएको सुन चौधरीका छोराले भेटाएपछि सोमबार जिल्ला प्रहरी कार्यालयको रोहबरमा बुझाइएको धनगढी उप–महानगरपालिकाको वडा नम्बर १ वडाध्यक्ष सन्तोष मुड्भरीले बताए।  
 

कमेन्ट लोड गर्नुस