मानव सेवा आश्रमको मेची–महाकाली यात्रा धनगढी पुग्यो
धनगढीः मानव सेवा आश्रमको राष्ट्रिय उद्धार कार्यक्रम मेची–महाकाली यात्रा सुदूरपश्चिम प्रदेशको धनगढीमा पुगेको छ। मानवसेवा आश्रमले तय गरेको मेची महाकाली यात्रा अहिले धनगढी पुगेको हो।
अहिले केही बेरमा धनगढीको रातो पुलदेखि बाजागाजासहित राष्ट्रिय उद्धार कार्यक्रम मेची महाकाली यात्रा तारानगरस्थित मानव सेवा आश्रमतर्फ जाने कार्यक्रम रहेको छ।
राष्ट्रिय उद्धार कार्यक्रमले चिसापानीबाट सडक मानवलाई उद्धार गरी धनगढी आश्रममा ल्याउँदै छ।
चिसापानीमा यात्रामा हिँडेको टोलीलाई राष्ट्रिय उद्धार कार्यक्रमका जिल्ला समन्वय समिति प्रमुख सुर्य थापा र लम्कीचुहा नगरपालिकाका उपमेयर टिका थापाले संयुक्त रूपमा स्वागत गरेका थिए।