कैलाली पुगेर ज्ञानेन्द्र शाहीले भने–सुदूरपश्चिमका मुख्यमन्त्री लाटा छन् की क्या हो !
अत्तरिया: आफुलाई भ्रष्ट्राचार विरुद्धको अभियानकर्ता बताउने ज्ञानेन्द्र शाहीले सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले बोेलेको कहिलै नसुनेको बताएका छन्।
शनिबार कैलालीकोे अत्तरियामा हाम्रो नेपाल हामी नेपाली अभियानले आयोजना गरेको कार्यक्रम बोल्दै उनले यस्तो बताएका हुन्।
‘सुदूरपश्चिम मुख्यमन्त्री बोलेको कहिलै पनि सुनेको छैन। बोल्छन् की बोल्दैनन् लाटा छन् की क्या हो। साच्चै मैले आजसम्म बोली सुनेको छैन्। कतै भाषण पनि सुुनेको छैन्,’ उनले भने, ‘त्रिलोचन भट्ट जी लाई के हिन्दी मात्रै आउने हो।’
भ्रष्ट्राचार विरुद्धको महाअभियान अन्तरगत कैलालीको अत्तरियामा नागरिक खबरदारी सभाको आयोजना गरिएको थियो। ज्ञानेन्द्र शाही सोही अभियानका संयोजक हुन्।