बाजुरामा भीरबाट लडेर एक जनाको मृत्यु
२०७७ माघ १, ०१:५४
बाजुरा: बाजुरामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ।
जिल्लाको बुढीनन्दा नगरपालिका–१ का ७३ वर्षीया लक्ष्मीराज उपाध्यायको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।
मंगलबार साँझ गाईबस्तु ल्याउन भनी घरबाट निस्केका उनी नफर्किएपछि परिवारले खोज तलासी गरेको थियो। उनको शव बिहिबार फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ।
मृतक उपाध्ययको शव परिक्षणपछि परिवारलाई बुझाइएको छ।
कमेन्ट लोड गर्नुस