सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा शुक्रबार थप ३५ जनामा कोरोना संक्रमण पुष्टि

२०७७ मंसिर १२, ०७:०० खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशका ४ वटा प्रयोगशालामा झण्डै ३ सय जनाको परीक्षण गर्दा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल, जिल्ला अस्पताल डोटी र अछामको कमलबजार नगरपालिकाको  प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ९१  जनाको परीक्षण गर्दा थप ३५ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए। 

डडेल्धुरा अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६० जनाको परीक्षण गर्दा १६ जना, सेती प्रादेशिक अस्पताल प्रयोगशालामा १ सय ९० जनाको परीक्षण गर्दा ९ जना, कमलबजार नगरपालिकाको प्रयोगशालामा १२ जनाको परीक्षण गर्दा ९ र डोटी अस्पताल प्रयोगशालामा २९ जनाको परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको उनले बताए। 

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उप–महानगरपालिका वडा नम्बर १२ का ३ जना, वडा नम्बर ४ का १ जना, लम्कीचुहा नगरपालिका वडा नम्बर २ का २ जनामा कोरोना संक्रमण पुष्टि बताए। 

ठेगना नखुलेका कैलालीकै १ जना, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ५ र अजयमेरु गाउँपालिका ४ का १ जनामा संक्रमण पुष्टि भएको उनले बताए। 

यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ११ हजार ४ सय २ पुगेको छ । प्रदेशभर संक्रमण पुष्टि भएका ९ हजार १ सय ६६ जनाले कोरोना जितेका छन् भने ५० जनाको मृत्यु भएको छ ।  
 

कमेन्ट लोड गर्नुस