सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना कहरबीच सुदूरपश्चिमकै ठूलो ‘सिटी हल’ निर्माणले गति लियो

निर्माणधिन धनगढी सिटी हल
निर्माणधिन धनगढी सिटी हल
२०७७ मंसिर ८, ०७:१९ नारायण अवस्थी

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँमा निर्माणधिन धनगढी सिटी हलको निर्माणले गति लिएको छ ।

कोरोना कहरले विकास कार्य प्रभावित भएको बेला संघीय सरकारको लगानीमा निर्माधिन सो धनगढी सिटी हलको निर्माण कार्यले गति लिएको हो । सिटी हल सुदूरपश्चिम प्रदेशकै ठूलो भएको बताइएको छ ।

संघीय आयोजना कार्यान्वयन इकाई धनगढीका प्रमुख इन्जिनीयर महेशबहादुर सिंहले सिटी हलको निर्माण कार्य सन्तोषजनक रहेको बताए । उनको अनुसार सो सिटी हल संघीय सरकारको २५ करोड २६ लाख रुपैयाँको लागतमा निर्माण भैरहेको छ । जसको करिब ७० प्रतिशत काम सम्पन्न भैसकेको इन्जिनीयर महेशबहादुर सिंहले जानकारी दिए ।

धनगढी सिटी हल निर्माणको सम्झौता बिकेवाई एमके रोयल जेबी र सरकारबीच २०७६ माघ २ गते भएको हो । सो सम्झौता अनुसार आउँदो २०७८ असार ९ गते अर्थात ३० महिनाको अवधीमा निर्माण सम्पन्न हुने जनाइएको छ । 

धनगढी सिटी हलको निर्माण कार्यमा लकडाउनले झण्डै तीन महिना काम रोकिए पनि सम्झौता मिति भन्दा अगाडि नै काम सम्पन्न गर्ने दाबी निर्माण व्यवसायीको छ ।

बालुवा, गिट्टीको अभावले निर्माण कार्यमा समस्या भएपनि काम भने नरोकिएको निर्माण व्यवसायी प्रकाश सेठी बताउँछन् । उनले निर्धारित समयमा काम पूरा गर्ने पनि बताए ।

१ विघा क्षेत्रफलमा निर्माणधिन सिटी हलमा एक साथ करिब १ हजार जना मानिस अटाउने क्षमता रहेको छ ।

भने जसको १० कठ्ठा जमिनमा हल मात्रै बन्ने जनाइएको छ । आपांगमैत्री बन्न लागेको सिटी हलको अन्डरग्राउण्ड तथा हलको बेसमेन्टमा पार्किङको व्यवस्था रहनेछ ।

त्यस्तै, २ वटा हल बन्नेछन् । मुख्य तथा अडिटेरियम सभा हलमा ७ सय जना अट्ने क्षमता रहेको छ । भने अर्को सेमिनार हलको क्षमता २ सय १० जना अट्ने क्षमता रहेको छ । सिटी हलभित्रै प्रशासनिक कक्ष, चेन्जिङ रुम, अति विशिष्ट कक्षको व्यवस्था रहनुको साथै पर्याप्त खानेपानी, शौचालयको व्यवस्था रहने भएको छ ।

अग्नि नियन्त्रण कक्ष, बगैचासहित सुविधा सम्पन्न धनगढी सिटी हल बन्ने जनाइएको छ । 

निर्माण सम्पन्न भएपछि धनगढी सिटी हलको स्वामित्व धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गरिने भएको छ । जसको व्यवस्थापन पनि धनगढी उपमहानगरपालिकाबाट नै हुने बताइएको छ । 

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी समेत रहेको धनगढीमा ठूलो सभा, समारोहलगायत सार्वजनिक कार्यक्रम गर्न स्थल अभाव हुँदै आएको छ । हलको निर्माणले सो समस्याको समाधान हुने अपेक्षा गरिएको छ ।
 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस