सुदूरपश्चिमका कानून मन्त्रीलाई थप उपचारका लागि हेलीकोप्टर मार्फत काठमाडौँ लगिदै
धनगढीः सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहलाई थप उपचारका लागि काठमाडौँ लगिने भएको छ ।
कार्तिक १५ गते कोरोना पुष्टि भएका मन्त्री शाहलाई थप उपचारका लागि हेलीकोप्टर मार्फत काठमाडौँ लैजाने तयारी भएको उनको नीजि सचिवालयले जनाएको छ ।
मन्त्रीका स्वकीय सचिव जंगबहादुर बिकले स्वास्थ्य अवस्थामा सुधार नआएपछि थप उपचारका लागि आज दिउँसो हेलीकोप्टर मार्फत काठमाडौँ लगिने दिनेश खबरलाई जानकारी दिए ।
हेलीकोप्टरको व्यवस्थापनका लागि सामाजिक विकास मन्त्रालयले समन्वय गरिरहेको बिकले बताए । होम आइसोलेसनमै बसिररहेका शाहको स्वास्थ्यमा समस्या देखिएपछि बीहिबार सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा भर्ना गरिएको थियो ।
अस्थायी अस्पतालमा उपचारपछि साँझ डिस्चार्ज भएका शाह धनगढीस्थित सरकारी निवासमै आइसोलेसनमा बसेका थिए । तर स्वास्थ्य अवस्था सुधार नभएपछि उनलाई काठमाडौँ लैजान लागिएको हो ।
मन्त्रीकी पत्नीलाई पनि कोरोना पुष्टि भएको थियो । उनको अवस्था भने सामान्य छ ।
सम्बन्धित समाचार
कोरोना अस्पताल भर्ना भएका कानूनमन्त्री शाह घर फर्किए
सुदूरपश्चिमका कानून मन्त्री कोरोना अस्पताल भर्ना
सुदूरपश्चिमका कानून मन्त्री शाहले भने –कोरोनालाई परास्त गरी छिट्टै काममा फर्किन्छु
सुदूरपश्चिमका कानून मन्त्री शाह दम्पत्तीलाई कोरोना पुष्टि