सुदूरपश्चिमका कानून मन्त्री कोरोना अस्पताल भर्ना
धनगढीः सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाह अस्पताल भर्ना भएका छन् ।
कात्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएका मन्त्री शाहको स्वास्थ्यमा समस्या देखिएपछि सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा भर्ना गरिएको हो ।
‘मन्त्री ज्यू संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमै बसिरहनुभएका थियो । आज स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएको छ । ’ मन्त्री शाहका स्वकीय सचिव जंगबहादुर बिकले भने, ‘नाकबाट रगत बगिरहेको छ । चिकित्सकले परीक्षण गरिरहनुभएको छ । अवस्था सुधार नभए अन्यत्र रेफर गर्नुपर्छ भन्ने सुझाव दिनुभएको छ ।’