धनगढीमा हत्या गरिएका प्रहरीका परिवारलाई सुदूरपश्चिमका अर्थमन्त्री बोहराको सान्त्वना
धनगढी: सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले धनगढी उपमहानगरपलिकाको जुगेडामा हत्या गरिएका प्रहरी सहायक निरीक्षक(असई) गोविन्द बिक र जवान रामबहादुर बिकका हत्यारालाई हदैसम्मको कारवाही गरिने बताएका छन्।
मंगलबार साउदको परिवारलाई भेट्न सेती प्रादेशिक अस्पताल पुगेका मन्त्री बोहराले कुनै राजनितिक दवावमा हत्याराले उन्मुक्ति नपाउने बताएका हुन। साथै उनले प्रहरीका परिवारलाई प्रदेश सरकारको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
अछामका प्रहरी जवान साउदका परिवारलाई सान्तवना दिदैँ उनले सहयोग र राहतको लागि मन्त्रीपरिषद्को बैठकमा प्रस्ताव पेश गर्ने बताएका छन्।
दिनभर मृतकका परिवारसँग रहेका उनले शव अछाम लैजाने देखि विभिन्न अन्य व्यवस्थापन गरेको आफन्त धनराज साउदले बताए।
शनिबार साँझ गस्तीमा निस्किएका कैलालीको धनगढी उपमहानगरपालिका १२ को अस्थायी प्रहरी बिट जुगेडाका इन्चार्ज(असई) गोविन्द विक र प्रहरी जवान रामबहादुर साउँद मृत फेला परेका थिए। उनीहरुमाथि तस्कर समूहले आक्रमण गरेको खुलेको छ।
अवैध समानहरुको तस्करी गरी रहेका तस्करहरुको समूहलाई रोक्ने एवं नियन्त्रणमा लिने क्रममा तस्करहरुको समूहले योजनाबद्ध रुपमा धारिलो हतियारले प्रहार गरी दुवैजनाको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा मोहना नदीबाट तस्करले केराउ निकासी गर्न खोजेका थिए। सोही समूहलाई रोक्न खोज्दा प्रहरीमाथि आक्रमण भएको हो।