सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा कोरोना संक्रमितको मृत्यु

२०७७ कार्तिक २, ११:३० खबर संवाददाता

धनगढीः धनगढीमा कोरोना संक्रमितको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर २ का ४२ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको हो ।

धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखाका अनुसार असोज १७ गते कोरोना पुष्टि भएका क्यान्सर पीडित पुरुषको आज बिहान मृत्यु भएको हो ।

उपचारका लागि चितवन मेडिकल कलेज लगिएका उनलाइ भर्ना नलिएपछि धनगढी फिर्ता लिइएको थियो ।

यो सँगै धनगढीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ भने सुदूरपश्चिममा मृतकको संख्या २५ पुगेको छ । 
 

कमेन्ट लोड गर्नुस