सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको अमरगढी नगरपालिका–३ सिल

२०७७ असोज ३०, ०४:५८ खबर संवाददाता

विमल बोहरा, डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिका–३ का एक जनामा कोरोना संक्रमण देखिएपछि वडा सिल गरिएको हो।

शुक्रबार डडेल्धुरा प्रयोगशालामा भएको परीक्षणमा उनीमा कोरोना पुष्टि भएको हो। संक्रमित पुरुष भारतबाट आएरको बुझिएको छ।

संक्रमण देखिएपछि कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै वडा कार्यालयले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि वडा सिल गरेको वडाअध्यक्ष गोविन्द बोहराले जानकारी दिए। उनले अनावश्यक कामका लागि घरबाहिर हिँडडुल, आवतजावत र भिडभाड नगर्न सबैलाई आग्रह गरे।

साथै वडाध्यक्ष बोहराले संक्रमितको सम्पर्कमा आएकाहरुले ७ दिनपछि पीसीआर परीक्षणका लागि अमरगढी नगरपालिकामा सम्पर्क गर्न अनुरोध गरेका छन्। 

कमेन्ट लोड गर्नुस