सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गौरीगंगामा पक्की पुलको शिलन्यास

२०७७ असोज २६, ०६:२६ खबर संवाददाता

धनगढीः कैलालीको गौरीगंगा नगरपालिकामा पक्की पुलको शिलन्यास गरिएको छ। नगरपालिकाको वडा नम्बर ५ अण्डैयालाई पूर्व–पश्चिम राजमार्ग सम्म जोड्ने वडा नम्बर ५ र ८ को बिचको अण्डैया खोलामा पुल शिलन्यास गरिएको हो।

सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगतको पूर्वाधार कार्यालयले ९ करोड ६९ लाख पुल निर्माणका लागि विनियोजन गरेकोमा पाँच करोड २८ लाखमा पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो। पुलको पूर्व सामाजिक विकासमन्त्री तथा प्रदेश सभा सदस्य दिर्घ सोडारीले शिलन्यास गरेका हुन्।

वाइपी कन्ट्रक्सनले ठेक्का पाएको पुलको निर्माण २०७९ असार ३१ सम्म सक्काउनुपर्ने सम्झौता भएको छ। गत असार ३० गते पुलको सम्झौता भएको थियो। 
 

कमेन्ट लोड गर्नुस