सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा डा. केसीको समर्थनमा थालिएको प्रदर्शन जारी

२०७७ असोज २२, ०६:२४ खबर संवाददाता

धनगढीः डा. गोविन्द केसीको जीवन रक्षा तथा उनले अगाडि सारेका माग सम्बोधन गनुपर्ने भन्दै साझा पार्टी कैलालीले बिहिबार पनि धनगढीमा प्रदर्शन गरेको छ। 

पार्टीको अभियान विभागले आज धनगढी पार्कमोडमा प्रदर्शन गरिएको हो। प्रदर्शनमा उत्रिएका समर्थकहरुले डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्नुपर्ने, सबै मागहरु पूरा गर्नुपर्ने लगायतका प्लेकार्डहरु बोकेका थिए। साझा पार्टी विगत १८ दिनदेखि धनगढीमा प्रदर्शन गरिरहेको छ।

डाक्टर गोविन्द केसी २५  दिनदेखि अनशनमा छन्।  उनी गत भदौ २९ गतेदेखि जुम्लाको रानीचौरस्थित बाबिरामष्ट मन्दिरमा १९औं अनसन बसेका थिए।

तर स्वास्थ्यमा समस्या भएपछि उनलाई त्यहाँबाट काठमाडौं लगिएको छ। हाल उनी त्रिवि शिक्षण अस्पतालमा छन्। उनको स्वास्थ्य अवस्था नाजुक बनेपछि अक्सिजन सपोर्टमा राखिएको छ। 

आज सरकारी टोली र डा. केसीका प्रतिनिधिबीचको वार्ता हुँदैछ।

 

कमेन्ट लोड गर्नुस