डोटीमा टिप्पर दुर्घटना
डोटी: डोटीमा टिप्पर दुर्घटना भएको छ। जिल्लाको दिपायल सिलगढी नगरपालिका –६ नाचनथली पानीखाल नजिक से१प १३४९ नम्बरको टिप्पर दुर्घटना भएको हो।
सिएवी कन्सट्रक्सन प्रालिले सडक निर्माण तथा स्तरउन्नती गर्ने कार्यमा प्रयोग गर्दै आएको उक्त टिप्पर ब्याक हुँदा दुर्घटना भएको स्थानीयले बताएका छन्। चालकले टिप्पर स्टार्ट गरेर सिसा सफा गरिरहेका बेला एक्कासी गाडी ब्याक भएर दुर्घटना भएको बताइएको छ।
दुर्घटनामा कुनै मानवीय क्षति नभएको सिएवी कन्ट्रसन प्रालिका कर्मचारी ललित बोहोराले बताए। टिप्पर सडकबाट ५० मिटर तल खसेको बताइएको छ।