सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा सीमा मुद्दा उठाउँदै युवाहरूको संगठित अभियान सुरु

२०८३ वैशाख २२, १२:१२ खबर संवाददाता

कञ्चनपुरः नेपाल–भारत सीमा सम्बन्धी विषयलाई लिएर कञ्चनपुरका युवाहरूले आजदेखि औपचारिक रूपमा आवाज उठाउने अभियान सुरु गरेका छन्। देशको भूमि र सार्वभौमिकताको रक्षा गर्न सरकारको ध्यानाकर्षण गराउने उद्देश्यसहित युवाहरू एकजुट भएका हुन्।

अभियानमा संलग्न युवाहरूले सीमा विवादजस्तो संवेदनशील राष्ट्रिय मुद्दामा सरकारको स्पष्ट धारणा र प्रभावकारी पहल आवश्यक रहेको बताएका छन्। उनीहरूको भनाइमा, राष्ट्रिय स्वाभिमानसँग जोडिएको विषयमा अब कुनै पनि ढिलासुस्ती स्वीकार्य हुँदैन।

युवाहरूले सामाजिक सञ्जाल तथा स्थानीय कार्यक्रममार्फत जनचेतना फैलाउँदै यस विषयमा बहस र छलफललाई तीव्र बनाइरहेका छन्। अभियानमार्फत सरकारलाई ठोस कदम चाल्न दबाब दिने र नागरिक तहबाट निरन्तर निगरानी गर्ने उनीहरूको योजना रहेको छ।

कञ्चनपुरका युवाहरूको यो पहलले सीमा सम्बन्धी विषयमा राष्ट्रिय स्तरमै बहसलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ। स्थानीय युवा सुजीत श्रेष्ठ र अमृतकुमार जोशी लगायतले सीमा सम्बन्धी विषयमा अभियान चलाउने भएका हुन्।

कमेन्ट लोड गर्नुस