डोटी प्रयोगशालामा भएको परीक्षणमा थप ९ जनामा कोरोना पुष्टि
धनगढीः डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ९ जनामा संक्रमण पुष्टि भएको छ। ५६ जनाको कोरोना परीक्षण भएकोमा ९ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।
अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले डोटीको दिपायल सिलगढी नगरपालिकाका ३ पुरुष, बोगटान फुडसिल गाउँपालिकाका २ पुरुष, शिखर नगरपालिका र केआइ सिह गाउँपालिकाका एक/एक जना पुरुषमा संक्रमण देखिएको बताए।
यस्तै अछामको जयगढ बान्निगढी गाउँपालिकाका दुई जना पुरुषमा कोरोना पुष्टि भएको प्रयोगशाला श्रेष्ठले बताए।