सुदूर नेपाललाई विश्वसँग जोड्दै

फेरि बढ्यो सुनकोे मूल्य

२०७७ असोज १४, ०१:१६ रासस

काठमाडौँ: नेपाली बजारमा बुधबार पहेँलो धातुको मूल्य सामान्य वृद्धि भएको छ। मङ्गलबार प्रतितोला  ९०० ले वृद्धि भएको सुनको मूल्यमा आज प्रतितोला  ५०० ले वृद्धि भएको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ७०० र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार २०० तोकेको छ। मङ्गलबार छापावाला सुनको मूल्य प्रतितोला  ९४ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला  ९३ हजार ७०० थियो। 

यस्तै चाँदीको मूल्यमा पनि प्रतितोला रु १५ ले वृद्धि भई एक हजार १९० पुगेको छ। 

कमेन्ट लोड गर्नुस