सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली मालपोतमा थामिनसक्नु भीड, टोकन वितरण बन्द

२०७७ असोज १३, १२:०२ खबर संवाददाता

धनगढी– भूमी सुधार तथा मालपोत कार्यालय कैलालीमा सेवाग्राहीको थामिनसक्नु भीड लागेको छ। कर्मचारीमा कोरोना पुष्टि भएपछि दुई दिन सेवा बन्द गरिएको कार्यालय खुलेसँगै सेवाग्राहीको भीडभाड बढेको हो। कोरोनाको संक्रमण बढ्दै गए पनि भीड बढेपनि सामाजिक दूरीको समेत पालना हुन सकेको छैन्। 

कार्यालय प्रमुख सुरेन्द्र केसीले सेवाग्राहीको भीड बढेपछि टोकन वितरण बन्द गरिएको जानकारी दिए। ‘११ गतेदेखि टोकन वितरण सुरु गरिएको थियो,’ उनले भने, ‘२३ गतेदेखि कामकाज गर्ने गरी टोकन वितरण भईसकेको छ। त्यसैले अर्को सूचना जारी नभए सम्मका लागि टोकन वितरण बन्द गरिएको छ।’ 

उनले २५ गतेदेखि भने सेवा प्रवाहलाई थप व्यवस्थीत बनाउने विषयमा छलफल भईरहेको बताए। ‘टोकन मार्फत सेवा प्रवाह गर्दा पनि भीड कम भएन,’ उनले भने, ‘पालिका अनुसार फरकफरक दिन सेवा दिने तयारी भईरहेको छ।’
 

कमेन्ट लोड गर्नुस