सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा वेवारिसे काठ बरामद

२०८३ वैशाख २३, ०७:३३ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा वेवारिसे काठ बरामद गरिएको छ।

जिल्लाको दोधारा चाँदनी नगरपालिका–६ भैरव जनकल्याण सामुदायिक वनभित्र काटेर लुकाई छिपाई राखेको अवस्थामा सगुन जातको गोलिया थान–६ (७० क्युफिट) अन्दाजी मुल्य ७७ हजार बराबरको काठ प्रहरीले बरामद गरेको हो।

उक्त काठ इलाका प्रहरी कार्यालय दोधारा चाँदनी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिई आवश्यक प्रक्रिया पुरा गरि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको कार्यालय मझगाँउ, कञ्चनपुरको जिम्मा लगाएको जनाएको छ।

कमेन्ट लोड गर्नुस