सुदूर नेपाललाई विश्वसँग जोड्दै

डा. केसीको जीवन रक्षाको माग गर्दै धनगढीमा सुरु भएको प्रदर्शन १०औँ दिनपनि जारी

२०७७ असोज १२, ०७:१२ खबर संवाददाता

धनगढीः धनगढीमा डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै सोमबार पनि प्रदर्शन गरिएको छ। डाक्टर केसीको समर्थनमा सुरु भएको प्रदर्शनकाे आज १०औँ  पुगेको छ। आज धनगढी पार्क मोडमा प्रदर्शन गरिएको हो।

प्रदर्शनमा उत्रिएका समर्थकहरुले डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्नुपर्ने, सबै मागहरु पूरा गर्नुपर्ने लगायतका प्लेकार्डहरु बोकेका थिए।

डाक्टर गोविन्द केसी गत भदौ २९ गतेदेखि जुम्लाको रानीचौरस्थित बाबिरामष्ट मन्दिरमा १९औं अनसन बसेका थिए। तर स्वास्थ्यमा समस्या भएपछि उनलाई त्यहाँबाट काठमाडौं लगिएको छ।

स्वास्थ्यमा समस्या देखिन थालेपछि डाक्टर केसीलाई प्रहरीले बलपूर्वक ट्रमा सेन्टर पु¥याएको थियो। 

कमेन्ट लोड गर्नुस