सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा खलंगा खानेपानीले घटायो महशुल

२०७७ असोज ४, ०७:१३ खबर संवाददाता

धनगढी: डडेल्धुरामा खलंगा खानेपानीले कायम गरेको मासिक महशुल घटाएको छ। उपभोक्ता समितिले आफ्ना उपभोक्तालाई खानेपानी उपभोग गराएवाफत लिने गरेको शुल्क चर्को भएको भन्दै उपभोक्ताहरु रुष्ट भएका थिए। उक्त गुनासोको आधारमा दिनेश खबरले समाचार प्रकाशित गरेको थियो। 

त्यसपछि सोही विषयमा आइतबार बसेको खलंगा खानेपानी उपभोक्ता समितिको बैठकले खानेपानीको मासिक शुल्क घटाउने निर्णय गरेको समितिका अध्यक्ष रवीन्द्र केसीले जानकारी दिए। 

अब उपभोक्ताले मासिक १२ युनिटसम्म प्रति युनिट १५ का दरले बुझाउनुपर्ने छ। यस्तै १३ देखि २० युनिटसम्म प्रति युनिट ३० रुपैँया, २१ देखि २५ युनिटसम्म प्रति युनिट ५० र २६ युनिटभन्दा माथि प्रति युनिट १०० रुपैँया कायम गरिएको अध्यक्ष केसीले बताए। 

यसअघि खानेपानी उपभोक्ता समितिले न्यूनतम ८ यूनिट (आठ हजार लिटर पानी) प्रयोग गरेवाफत २५० निर्धारण गरेको थियो। भने, ८ देखी १२ यूनिटसम्म प्रति युनिट ५० रुपैया र १२ यूनिट भन्दामाथि प्रति युनिट थप १०० का दरले कायम गरेको थियो। 

खानेपानीको हाहाकार भएको डडेल्धुरा सदरमुकाममा तेस्रो साना शहरी खानेपानी आयोजनाले तीस करोड बढी लगानीमा योजना सम्पन्न गरेको थियो।  

डडेल्धुरामा खलंगा खानेपानीले चर्काे शुल्क लिएको भन्दै उपभोक्ता रुष्ट
 

कमेन्ट लोड गर्नुस