सुदूर नेपाललाई विश्वसँग जोड्दै

आमाको पुण्यतिथीमा अमेरिकाबाट भण्डारी दम्पतीद्वारा खाद्यान्न सहयोग

२०७७ भदौ २९, ०५:३२ खबर संवाददाता

धनगढी: कैलाली स्वर्गीय आमाकोे पुण्यतिथीका अवसरमा अत्तरियामा रहेको महिला तथा बालबालिका सेभहाउसलाई खाद्यान्न लगायतका सामग्रीहरु सहयोग गरिएको छ। स्वर्गीय आमा चम्फा भण्डारीको सम्झनामा छोरा सुरजकुमार भण्डारी र बुहारी उषा भण्डारीले खाद्यान्न, खाजा र सरसफाईका सामग्री सेभहाउसलाई सहयोग गरेका हुन। 

अमेरिकामा बस्दै आएका भन्डारी दम्पत्तीका तर्फबाट सोमबार उषा भण्डारीका भाई चित्र रोस्यारामार्फत सेभ हाउसलाई सो सामग्रीहरु हस्तान्तरण गरिएको छ। उनले दाल, तेल, तरकारी, सरसफाई सामग्री र स्टेश्नरी लगायत करिब २० हजारको सामग्री हस्तान्तरण गरेका हुन।

छोराबुहारीहरु विदेशमा बसोबास गरेपनि आमाको पुण्यतिथीमा नेपाली असाहय बालबालिकालाई सहयोग गर्ने मनसाय बनाएर उक्त सामग्रीहरु सहयोग गरिएको चित्र रोस्याराले बताए।

सेभहाउसकी अध्यक्ष जानकी मलासीले सामग्री ग्रहण गर्दै भण्डारी परिवारप्रति आभार प्रकट गरेकी छन्। 

 

कमेन्ट लोड गर्नुस