थप १२०१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५३,१२० पुग्यो
धनगढी: नेपालमा थप १२०१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। यो सँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ५१ हजार ९१९ जना पुगेको छ।
पछिल्लो २४ घन्टामा थप ८५२ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म ३७ हजार ५५४ उपचारपछि निको भएका छन्।
आज १० हजार १७६ सय जनाको पिसिआर परीक्षण भएको छ।