डोटीका थप एक जनामा कोरोना पुष्टि
२०७७ भदौ २५, ०३:२५
धनगढीः जिल्ला अस्पताल डोटीको प्रयोगशालामा भएको परीक्षणमा एक जनामा संक्रमण पुष्टि भएको छ। ६१ जनाको कोरोना परीक्षण भएकोमा एक जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।
अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले शिखर नगरपालिकाका एक पुरुषमा कोरोना पुष्टि भएको बताए।
कमेन्ट लोड गर्नुस