कञ्चनपुरमा महाकाली नदीमा डुबेर युवक वेपत्ता
धनगढीः कञ्चनपुरमा महाकाली नदीमा नुहाउने क्रममा डुबेर एक युवक वेपत्ता भएका छन्। जिल्लाको महाकाली नगरपालिका वडा नम्बर १० का १८ वर्षीय प्रिन्स सुनार बीहिबार नुहाउने क्रममा नदीमा डुबेर वेपत्ता भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाक्षेत्रीले वेपत्ता भएका युवकको खोजी कार्य भईरहेको बताए।
उनले नेपाल प्रहरी र स्थानीयले बीहिबारदेखि नै खोजी जारी राखेको भएपनि अहिले सम्म युवक नभेटिएको बताए।