सुदूरपश्चिममा सोमवार ७७६ जनाको कोरोना परीक्षण
धनगढी– सुदूरपश्चिम प्रदेशमा सोमवार सात सय ७६ जनाको कोरोना परीक्षण गरिएको छ। सेती प्रादेशिक अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशाला मार्फत सोमवार सात सय ७६ जनाको कोरोना परीक्षण भएको हो।
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ६ सय ९३ जनाको कोरोना परीक्षण भएकोमा १९ जनामा संक्रमण पुष्टि भएको थियो।
यस्तै जिल्ला अस्पताल डोटीको प्रयोगशालामा ८३ जनाको कोरोना परीक्षण भएकोमा सात जनामा संक्रमण पुष्टि भएको थियो।
डडेल्धुरा अस्पतालको प्रयोगशालामा भने सोमवार कोरोना परीक्षण हुन सकेन्। प्रयोगशालामा सोमवार सरसफाई गरिएकोले परीक्षण नभएको अस्पतालले जनाएको छ।