सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मोबाईलका ब्याट्री सहित एक जना पक्राउ

२०७७ भदौ ८, १०:४५ खबर संवाददाता

धनगढीः धनगढीमा प्रहरीले भन्सार छलीका मोबाईलका ब्याट्री सहित एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उप–महानगरपालिका वडा नम्बर १ पशुपति टोलका ३३ वर्षिय साने आलमलाई पक्राउ गरिएको हो। उनको साथबाट प्रहरीले आइतबार  दुई सय ७८ वटा मोबाईलका ब्याट्री सहित पक्राउ गरेको हो। ब्याट्रीको मुल्य ३३ हजार तीन सय ६० हुने अनुमान गरिएको छ। ब्याट्री सहित उनलाई भन्सार कार्यालय बुझाइएको छ। 
 

कमेन्ट लोड गर्नुस