सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा बिहिवार थपिए ५० जना कोरोना संक्रमित

२०७७ भदौ ४, ०५:०२ खबर संवाददाता

धनगढी : बिहिवार सुदूरपश्चिममा एक सय २९ जनामा कोरोना पुष्टि भएकोमा कैलालीमा मात्रै ५० जना थपिएका छन्।

सेती प्रादेशिक अस्पतालमा भएको परक्षिणमा ६४ जनामा कोरोना पुष्टि भएकोमा कैलालीका मात्रै ५० जना रहेका छन्। 

कैलालीको गौरीगंगा नगरपालिकाका २६, गोदावरी नगरपालिकाका ११, घोडाघोडी नगरपालिकाका १० र भजनी नगरपालिकाका तीन जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

५० जनामा तीन जना नगरपालिकाका कर्मचारी पनि रहेका छन्। जिल्लाको घोडाघोडी नगरपालिकामा कार्यरत तीन जनामा संक्रमण देखिएको हो। 
 

कमेन्ट लोड गर्नुस