सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मोटरसाईकलको ठक्करबाट बृद्धा घाईते

२०७७ भदौ ४, ११:२४ खबर संवाददाता

धनगढीः कैलालीमा मोटरसाईकलको ठक्करबाट बृद्धा घाईते भएका छन्।

पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको गौरीगंगा नगरपालिकाको मसुरियामा से १प ९५६८ नम्बरको मोटरसाईकलले ठक्कर दिदा वडा नम्बर ५ को अण्डैया बस्ने ८० वर्षीया शोभा भाट घाईते भएको प्रहरीले जनाएको छ।

उनको स्थानीय अस्पतालमा उपचार भईरहेको छ।

चालक घोडाघोडी नगरपालिका ९ का रामबहादुर बोहरा र मोटरसाईकल ईलाका प्रहरी कार्यालय मसुरियाले नियन्त्रणमा लिएको छ। 

 
 

कमेन्ट लोड गर्नुस