कैलालीमा निषेधाज्ञापछि पनि खाद्यान्न, तरकारी र मासु पसल सञ्चालन गर्न पाईने
धनगढी : कैलालीमा आज मध्यरातिदेखि निषेधाज्ञा लागु हुने भएपनि विहान चार घण्टा खाद्यान्न, तरकारी र माछामासु पसल सञ्चालन गर्न पाईने भएको छ।
बिहान ५ बजेदेखि ९ बजेसम्म चार घण्टा खाद्यान्न, तरकारी, दुध, फलफूल, माछा र मासु पसल सञ्चालन गर्न पाईने भएको हो।
प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराद्वारा जारी आदेशमा उक्त कुरा उल्लेख गरिएको छ। बिहान ५ बजेदेखि ९ बजेसम्म चार घण्टा सञ्चालन गर्न पाएपनि स्वास्थ्य सुरक्षाका मापदण्ड भने अपनाउन पर्ने प्रमुख जिल्ला अधिकारी बोहराद्वारा जारी आदेशमा भनिएको छ।
खाद्यान्न, तरकारी, दुध, फलफूल, माछा र मासु लगायत अत्यावश्क वस्तुहरुका हकमा विहान ५ बजेदेखि ९ बजेसम्म (चार घण्टा मात्र) स्वास्थ्य सुरक्षाको मापदण्ड र भौतिक दूरी कायम गरी÷गराई सञ्चालन गर्न सकिने छ।
यस्तै बैंकिङ सेवा भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने र सम्भव नभए स्वास्थ्य सुरक्षाको मापदण्ड अनुसार न्यूनतम कर्मचारी उपस्थित गराई सेवा प्रवाह गर्न प्रशासनले निर्देशन दिएको छ।