सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेशनल लाईफ इन्सोरेन्स धनगढीद्वारा बिमितलाई १४ लाखको चेक हस्तान्तरण

२०७७ भदौ ३, ०६:४० खबर संवाददाता

धनगढी: नेशनल लाईफ इन्सोरेन्स धनगढीले बिमितका परिवारलाई १४ लाखको चेक हस्तान्तरण गरेको छ। इन्सोरेन्सका सुदूरपश्चिम प्रदेश प्रमुख रामचन्द्र तिवारीले धनगढी उप–महानगरपालिका वडा नम्बर ३ मिलन चोकका स्वर्गिय नवराज पाण्डेकी श्रीमती कमला पाण्डेलाई १४ लाखको चेक हस्तान्तरण गरेका हुन्। 

३९ वर्षीय पाण्डेको १० लाखको वैदेशिक बीमा गरिएको थियो। गत पुषमा बैदेशिक बीमा गरेका उनको साउदी अरवमा जेठमा निधन भएको हो। धनगढी शाखा प्रमुख उमाकान्त जोशीले पाण्डेको परिवारलाई बीमाबाट पा्रप्त रकमले केही राहत हुने बताएका छन्। 

कमेन्ट लोड गर्नुस