सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा निषेधाज्ञा गर्न उप–महानगरपालिकाको सिफारिस

२०७७ भदौ ३, ०५:३९ खबर संवाददाता

धनगढी : धनगढीमा कोरोना संक्रमण समुदायस्तरमा फैलिन थालेको भन्दै धनगढी उप–महानगरपालिकाले निषेधाज्ञाका लागि सिफारिस गरेको छ।

उप–महानगरको कार्यपालिका बैठकले निषेधाज्ञा गर्न जिल्ला प्शासन कार्यालयमा सिफारिस गरेको प्रवक्ता सन्तोष मुडभरीले बताए। 

पछिल्लो समय धनगढीमा समुदायस्तरमै कोरोना संक्रमित फेला परेको र चाडपर्वमा बढी चहलपहल हुने हुँदा संक्रमण फैलिन सक्ने भएकोले यसको रोकथामको लागि यस्तो निर्णय गरिएको बताए।

उनले उप–महानगरपालिकाले आफै निषेधाज्ञा जारी गर्ने अधिकारी भएपनि सुरक्षाकर्मी परिचालन गर्न समस्या हुने भएकाले सिफारिस गरिएको बताए। प्रशासनले उक्त सिफारिसको आधारमा आजै निर्णय गर्नेछ। 

उनले कहिलेबाट र कहिलेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय प्रशासनले गर्ने बताए। 

उप–महानगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले धनगढी उप–महानगरपालिकामा कोरोना संक्रमितको संख्या एक सय ४४ पुगेको जानकारी दिए।

संक्रमित मध्ये १५ जनाको आन्तरिक ट्राभल हिस्ट्री मात्रै छ। आन्तरिक ट्राभल हिस्ट्री भएका चार जना संक्रमित नेपाल प्रहरीमा कार्यरत छन्।
 

कमेन्ट लोड गर्नुस