मैले यिनको विरासत बोकेको होइन
-सावित्री पन्त
सानोमा आमाको काखमा हुदा म सँसारलाई बगैचा देख्थे। म फुल आमा बिरुवा जस्तो लाग्थ्यो। भुर्र उडी जाने चरी देख्दा मलाई पनि उड्न मन लाग्थ्यो तर मसँग पखेटा थिएनन्। हात हल्लाएर धेरैचोटी उड्न खोजे कहिल्यै उड्न सकेन। लाग्थ्यो म ठलो भएर उडिउडी संसार नियाली रहनेछु। त्यो बेला मलाई कहाँ थाहा थियो र संसार नियाल्न उड्नै पर्दैन भनेर। यहाँ त व्यक्ति पच्छे संसार र’छ।
खाए खाएको गुनासो, नखाए नखाएको गुनासो। लाए लाएको गुनासो, नलाए नलाएको गुनासो। के लायो, कसो लायो, के खायो, कहाँ खायो। यहाँ मान्छेलाई आफ्नो भन्दा अर्काको बढी चिन्ता। आफ्नै शरीरको भैसी देख्दैनन् अर्काको शरीरको जुर्मा नि भैसी देख्छन। दया त मलाई यिनिहरु प्रति लाग्छ, बिचराहरुलाई आफ्नो लागि सोच्ने फुर्सत नै छैन।
मेहनत त यिनले र मैले बराबरै गरेको हुनुपर्छ, यिनको विरासत मैले बोकेको पनि होईन म नभए यिनलाई राहत हुने पनि थिएन। फेरि के को हुटहुटी रैछ कुन्नि बुझ्दै बुझेन। रातको निद र दिनको भोकमा यिनिहरु पाईन्छन, धावनको प्यास र आरामको मिठासमा यिनिहरु पाइन्छन। एक तरिकाले यिनलाई धन्यवाद दिन पनि मन लाग्छ किनकी यिनले अचेल मलाई एक्लो महशुस हुन दिएकै छैनन्। हिन्दु दर्शन अनुसार मत्र्य लोक भनिने यो संसार कर्मको लागि हो। म गीता शास्त्र अनुसार चल्छु र कर्मलाई व्यवसाय होईन कर्तव्य सम्झन्छु। गर्मी भयो भन्दैमा प्रकाशबाट सित खोज्ल थाले पछि ति दिनहरु नर्कको ढोका समान हुनेछन्।
तर के गर्नु पाईला पाईलामा काईदा काईदाका मान्छे भेटिन्छन, हाय गरिबी ! खासमा गरिब त बिचरा राष्ट्रचुसकहरु हुन के गर्नु चारपाङ्ग्रेमा सररर गुडेर गएर सुनकै खाटमा सुतेपनि आधिकारिकतामा शुन्य सरि भएपछि। संसार सम्झिएर सुरु गरिएको एक नयाँ घरको कथा पनि बेग्लै छ। जसले भोगाएको पिडा मापन गर्ने यन्त्र सायद विज्ञानले कहिल्यै बनाउने छैन। आजभोली लाग्छ सहरहरु जगंल हुनकि जस्तो र हरिया फाँट र उपडखापडमा जिउनेहरु भाग्यमानी।
लोकसेवा आयोगबाट सिफारिस भइ आउदा मैले पाईला टेकिरहेको संसार निस्वार्थ, कर्तब्यनिष्ठ, ईमान्दार, राष्ट्रभक्त, सभ्य, सत्य, फराकिलो र निर्मल देखि रहेथे तर पछि थाहा भयो कर्तब्यको लागि हिँड्दा शिर छेदन गर्दा रैछन। मैले देखेका, देखिरहेका र देखिने सबै चित्र रहेछन चरित्र होइन। कुण्ठामा सजिएका मिसावटिहरु देखिनका लागि मात्रै सरल छन्। यदि छ भने पक्कै भगवान कतै ब्यक्ति होईन राष्ट्र हेर्नेछ, मान्छे होईन माटो हेर्नेछ।
बिभिन्न ठाउँबाट अयोग्य भनदै मन्त्रलय पठाएको समाचार हामीले सुन्यो, तर एकथरि निकायबाट सिफारिस भइ आउदा मन कस्तो फुरुङ्ग भयो होला ! अयोग्य ठहरिई फिर्ता जादा आङ कस्तो सिरिङ्ग भयो होला, त्यसपछिको निरासालाई कस्ले कुझ्ने, कामै नगर्ने भन्ने कहाँ हो र ? बुद्वि विवेकले भ्याए सम्म र कानुनले बाधेको परिधि भित्र रहेर काम गर्दा कसको वाद मिल्दैन वा सम्वाद मत कुरै बुझ्दैन।
यहाँ समिकरण बन्ने टुक्रिनेहरुको केमेष्ट्री पनि चलिरहेकै हुन्छ। लक्ष्य एउटै, कर्तव्य एउटै अनि हामी सबै समृद्व राष्ट्र निर्माणका यात्री हौँ। फेरि कानुनले बनाएको सांगठनिक स्वरुप बाहेकका समिकरण किन बन्ने होलान ? कुन्नि इमान्दार भए गरिखानै गाह्रो। हुन त सत्य एक्लै हुन्छ, गोविन्द केसीहरु एक्लै डाँडाकाडाँ चाहार्छन।
कसै–कसैलाई देख्दा लाग्छ यिनिहरु कला कालीगण्डकीमा, विचार बाग्मतीमा, सत्य सेतीमा र इमान इखु खोलामा बगाएर आएका हुन जास्तो। भन्न त व्यवस्थापकहरु पनि खरिएरै आएका हौँ भन्छन् तर न्याय संगतग गरिने भएपनि आज गर्नैपर्छ भनेर घुक्र्याउछन, भोली गर्नै हुदैन भनेर थर्काउछन्। रात भनिने अध्यारो समयमा के–के थरी सपना देखेर आउँदा रैछन खै ?
व्यक्तित्व निर्धारण हुन पहिरन हुनुपर्ने विचार मरे फरक नपर्ने, हाय ! यिनको त सभ्यता शब्दमा र ईमानदारी दर्शकका लागि हो क्यार। यहाँ टिक्ल र बिक्न ब्रान्ड चाहिने रै’छ। कथित आदर्शवादीहरुले एक काँधमा छड्के झोला भिरे देख्नेले चारित्रिक देख्ने र’छ। एकचोटी भित्रसम्म जाउ भाई भित्रसम्म, हरेक पहेलो लुगा लगाउने मान्छे बुद्व हुदैन।