सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा थप ३ जनामा कोरोना पुष्टि

२०७७ भदौ ३, ०१:५५ खबर संवाददाता

धनगढी:  बुधबार कैलालीका थप तीन जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा कैलालीका तीन जनामा संक्रमण पुष्टि भएको हो।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले कैलालीको गौरीगंगा नगरपालिका –४ की २५ वर्षीया महिला, गौरीगंगा –९ का ५० वर्षीय पुरुष र घोडाघोडी नगरपालिका –४ की २८ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा धनगढी प्रयोगशालामा ७१ जनाको कोरोना परीक्षण भएको उनले बताए। 

योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच हजार ७९ पुगेको छ।
 

कमेन्ट लोड गर्नुस