सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा युवाहरुद्वारा सचेतना कार्यक्रमसँगै मास्क वितरण

२०७७ भदौ २, ०४:२२ खबर संवाददाता

धनगढी : धनगढीमा युवाहरुले मंगलबार विभिन्न कार्यक्रमको आयोजना गरेका छन। युवाहरुले चौरहामा विभिन्न सचेतनामुलक प्लेकार्डसहित कार्यक्रम सम्पन्न गरेका हुन। 

युवाहरुले धनगढीमा हिँडडुल गरिरहेका तथा अटोरिक्सा चालकलाई मास्क वितरणका साथै उनीहरुको हात सेनिटाइज गरेका हुन।

आफुहरुले विगतमा पनि विभिन्न सचेतनामुलक कार्यक्रम गरेको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने एक युवा कृतज्ञ शाहीले बताए।

कमेन्ट लोड गर्नुस