सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ६४९ जनाको कोरोना परीक्षण, एक जनामा संक्रमण पुष्टि

२०७७ भदौ २, १२:३९ खबर संवाददाता

धनगढी : सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६ सय ४९ जनाको कोरोना परीक्षण भएको छ।

प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार २४ घण्टामा भएको परीक्षणमा एक जनामा संक्रमण पुष्टि भएको छ।

कैलालीको जोशीपुर गाउँपालिका वडा नम्वर ७ का ३५ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको उनले बताए।

यस्तै सेती प्रादेशिक अस्पतालमा सात जना कोरोना संक्रमितको उपचार भईरहेको छ। कैलाली, डोटी र दार्चुलाका दुई÷दुई तथा कञ्चनपुरका एक जनाको उपचार भईरहेको छ। 
 

कमेन्ट लोड गर्नुस